जाजरकोटमा कांग्रेस प्रवेश गर्नेहरूको लर्को, नलगाडमा ३३ जना प्रवेश

जाजरकोटमा कांग्रेस प्रवेश गर्नेहरूको लर्को, नलगाडमा ३३ जना प्रवेश

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १० र ११ मा विभिन्न राजनीतिक दल परित्याग गर्दै ३३ जनाभन्दा बढी व्यक्ति नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

शनिबार नलगाड नगरपालिका वडा नम्बर १० र ११ ले संयुक्त रूपमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनीहरूले औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरूलाई कांग्रेस केन्द्रीय सदस्य दीपकजंग शाह, जिल्ला सभापति तथा कर्णाली प्रदेश सांसद बेदराज सिंह, महासमिति सदस्य तथा बारेकोट गाउँपालिकाका पूर्व अध्यक्ष महेन्द्रबहादुर शाह, कांग्रेस जाजरकोटका प्रवक्ता छवि पन्त, प्रत्यक्ष उम्मेदवार खडक बहादुर बुढा र समानुपातिक उम्मेदवार हजारी नेपालीले स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै नेताहरूले नलगाड क्षेत्रका नागरिकहरू विकास, सुशासन र स्थायित्वका लागि कांग्रेसप्रति आकर्षित हुँदै गएको बताए। पछिल्ला केही दिनयता जाजरकोटमा कांग्रेसमा प्रवेश गर्नेहरूको संख्या निरन्तर बढिरहेको उनीहरूको भनाइ छ।

जाजरकोटमा प्रत्यक्ष उम्मेदवार खडक बहादुर बुढाले घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्र बनाइरहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार