रुकुम पूर्वमा कांग्रेस उम्मेदवार कुसुमदेवीको घरदैलो अभियान तीव्र

रुकुम पूर्वमा कांग्रेस उम्मेदवार कुसुमदेवीको घरदैलो अभियान तीव्र

रुकुमकोट । रुकुम पूर्वमा नेपाली कांग्रेस का प्रतिनिधिसभा उम्मेदवार कुसुमदेवी थापा मगर ले मतदातासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो अभियानलाई तीव्र बनाउनु भएको छ ।
आगामी फागनुु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस रुकुम पूर्वले जिल्लाका विभिन्न वडा तथा पालिकाहरूमा कार्यतालिका बनाएर चुनावी अभियान सञ्चालन गरिरहेको छ।

उम्मेदवार कुसुमदेवी थापा मगरसहितको टोली अहिले गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट, छलफल तथा अन्तरक्रिया गरिरहेको छ। शनिबार टोलीले भूमि गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गत साकिम, सेराबाङ र काडा क्षेत्रमा स्थानीय मतदातासँग भेटघाट तथा छलफल गरिएको नेपाल विद्यार्थी सघका केन्द्रीय सदस्य सुमन बुढा मगरले जानकारी दिनुभयो

उहाँका अनुसार यसअघि जिल्लाका अन्य वडाहरूमा पनि घरदैलो कार्यक्रम सञ्चालन भइसकेको छ। घरदैलो अभियानमा प्रतिनिधिसभा उम्मेदवार कुसुमदेवी थापा मगरसँगै पार्टी सभापति केशरमान रोका, लुम्बिनी प्रदेश सभा सदस्य कांग्रेसका नेता धनबहादुर केसी लगायत नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कांग्रेस रुकुम पूर्वले जनतासँग प्रत्यक्ष संवादमार्फत आफ्ना एजेन्डा र प्रतिबद्धता प्रस्तुत गर्दै आगामी निर्वाचनमा जनसमर्थन जुटाउने लक्ष्य लिएको जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार