रुकुम पश्चिममा आइपुग्यो मतपत्र

रुकुम पश्चिममा आइपुग्यो मतपत्र

मुसिकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा मतपत्र आइपुगेको छ । प्रत्यक्षतर्फ एक लाख १५ हजार र समानुपातिकतर्फ एक लाख २१ हजार मतपत्र जिल्लामा प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा शनिवार मतपत्र आइपुगेको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो ।

मतपत्र कडा सुरक्षाका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।

रुकुम पश्चिममा कुल मतदाता संख्या १ लाख ६ हजार ६ सय ६० जना रहेको छ ।

जिल्लामा प्रतिनिधि सभा सदस्य पदका लागि १२ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सम्पूर्ण तयारी तीव्र पारिएको कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार