आठविसकोटमा उम्मेदवारसहित कांग्रेसको घरदैलो अभियान सुरु

आठविसकोटमा उम्मेदवारसहित कांग्रेसको घरदैलो अभियान सुरु

oplus_0

मुसिकाेट । नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु केसी र समानुपातिक उम्मेदवार मान बहादुर नेपाली सहित आठविसकोट नगरपालिका–३ खदी गाउँबाट आजदेखि घरदैलो अभियान सुरु गरेको छ।

यसअघि त्रिवेणी, बाँफिकोट, सानीभेरी गाउँपालिका, मुसिकोट र चौरजहारी नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियान सम्पन्न गरिसकेको कांग्रेसले आजबाट आठविसकोट क्षेत्रमा अभियान अघि बढाएको हो।

नगर सभापति अमृत बोहराका अनुसार नगर कार्यसमितिले यसअघि पहिलो चरणअन्तर्गत नगरका विभिन्न वडामा घरदैलो कार्यक्रम सञ्चालन गरेको थियो। अब उम्मेदवार तथा नेताहरूको टोलीले नगरपालिकाका सबै वडामा पुगेर घरदैलो गर्ने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो।

घरदैलो अभियान अन्तर्गत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, गुनासा र आवश्यकता बारे छलफल भइरहेको छ। टोलीले स्थानीयका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको जनाएको छ।

कांग्रेसले चुनावी अभियानलाई मतदातासँग प्रत्यक्ष संवाद र स्थानीय मुद्दा संकलनमा केन्द्रित गरेको जनाएको छ। घरदैलो अभियान अन्तर्गत आज वडा नम्बर १, २ र ३ मा कार्यक्रम सञ्चालन हुने नगर सभापति बोहराले जानकारी दिनुभयो।
खदी गाउँमा उम्मेदवारसहितको टोलीलाई स्थानीय कार्यकर्ताहरूले बाजागाजासहित स्वागत गरेका थिए।

अभियान कार्यक्रममा प्रत्यक्षतर्फका उम्मेदवार राजु केसी, समानुपातिकतर्फका उम्मेदवार मान बहादुर नेपालीसहित पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह, महासमिति सदस्य याम बहादुर केसी, पूर्व जिल्ला उपसभापति धिरेन्द्र बटाला, जिल्ला सचिव तारक शाही, तरुण दलका जिल्ला अध्यक्ष लोकेन्द्र केसी, क्षेत्रीय सभापति एवं मुसिकोट नगरपालिकाका मेयर महेन्द्र केसी, नगर सभापति अमृत बोहरा, प्रदेश सदस्य कमल कुमार शाह, आठविसकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जनक बहादुर बटाला, सदस्य हरि बहादुर शाही, युवा नेता मनिराज शाह, जिल्ला सदस्य दीपक शाही, तेजेन्द्र बटाला, गोपाल बोहरा, मुसिकाेट नगर सचिव सुर्य प्रकाश शर्मा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार