रुकुम पश्चिमका पत्रकारलाई प्रेस ज्याकेट वितरण

रुकुम पश्चिमका पत्रकारलाई प्रेस ज्याकेट वितरण

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले जिल्लामा क्रियाशील पत्रकारहरुलाई निःशुल्क प्रेस ज्याकेट वितरण गरेको छ।

आज महासंघको कार्यालयमा एक कार्यक्रमका बिच पत्रकार महासंघ कर्णाली प्रदेश उपाध्यक्षका लक्ष्मण केसीले पत्रकारहरुलाई प्रेस ज्याकेट हस्तान्तरण गर्नुभएको हो।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपाल प्रसाद रेग्मीका अनुसार जिल्लाका २५ जना क्रियाशील पत्रकारहरुलाई लक्षित गरेर ज्याकेट वितरण गरिएको हो।
प्रेस ज्याकेटले पत्रकारहरुलाई समाचार संकलनमा सहजता पुर्याउने र महासंघको संस्थागत पहिचानमा सहयोग गर्ने उद्देश्य राखिएको छ।

अध्यक्ष रेग्मीले पत्रकारहरुलाई प्रेस ज्याकेटको दुरुपयोग नगर्न आग्रह गर्दै, आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भ्रामक विषय फैलिन नदिन र सर्वसाधारणलाई सही सूचना र जानकारी पुर्याउन सबै पत्रकार र सञ्चार माध्यमहरुलाई अनुरोध गर्नुभएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार