मुसिकोटमा नेकपा र एमालेका १० जना कार्यकर्ता कांग्रेस प्रवेश

मुसिकोटमा नेकपा र एमालेका १० जना कार्यकर्ता कांग्रेस प्रवेश

मुसिकोट। रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा घरदैलो अभियानमा रहेको नेपाली कांग्रेसले विभिन्न पार्टी परित्याग गरी १० जनालाई आज पार्टी प्रवेश गराएको छ।

जिल्लाकाे मुसिकोट नगरपालिका वडा नम्बर ७ का ३ जना र वडा नम्बर ८ का ७ जना कांग्रेसमा प्रवेश गरेका हुन्।

दुबै ठाउँमा भएको पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार राजु केसी र समानुपातिकतर्फका उम्मेदवार मानबहादुर नेपाली, पाटिका प्रदेश महामन्त्री तथा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय सहितको टोलीले नवप्रवेशीहरूलाई टीका–खादा लगाएर स्वागत गरेको हो।

नगर सभापति प्रेमबहादुर ओलीका अनुसार पार्टी प्रवेश गर्नेहरूमा वडा नम्बर ७ का देवबहादुर ओली, मानबहादुर खत्री र पटु ओली रहेका छन्। देवबहादुर २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यको उम्मेदवार तथा पार्टीका सक्रिय कार्यकर्ता थिए। अन्य दुई जना पनि एमालेको वडा कमिटीमा बसेर काम गरेका थिए।

यसैगरी वडा नम्बर ८ बाट २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) साविक नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका उम्मेदवार भीमबहादुर खत्री पनि कांग्रेसमा प्रवेश गरेका छन्। उनीसँगै पहल सिंह दमाई, कृष्णबहादुर खड्का, इखलाल ओली, तुलाराम दमाई, अमरसिंह बिक र इन्द्रसिंह बिकले पनि कांग्रेस प्रवेश गरेका छन्।
पार्टी प्रवेशपछि नवप्रवेशी भीमबहादुर खत्रीले भने,
हामीले विगतमा जुन पार्टीमा रहेर राजनीति गर्‍यौं, त्यो पार्टीले जनताको अपेक्षा अनुसार काम गर्न सकेन। कांग्रेसले स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म विकास र जनताको पक्षमा काम गर्ने आशा देखाएकाले हामी कांग्रेसमा प्रवेश गरेका हौं।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार