मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले स्थानीय शासन कार्यसम्पादन मूल्याङकन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रक्रियामा जानकारी, जिम्मेवार र जवाफदेही बनाउन कर्मचारी र जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएके नगरपालिकाले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रमले स्थानीय शासन कार्यसम्पादनका क्षेत्र, उपक्षेत्र, सूचक र उपसूचकका सम्बन्धमा नगरपालिकाका सबल पक्ष र सुधार गर्नुपर्ने पक्षका सन्दर्भमा साक्षात्कार भई प्रभावकारी कार्यसम्पादनमा लाग्न उत्प्रेरित गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो ।
स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०८२ बमोजिम अब स्थानीय तहहरूको पाँच वटा क्षेत्र, २० वटा उपक्षेत्र, १०० वटा सूचक र २०० वटा उपसूचकमा आधारित भइ १०० पूर्णाङ्कमा मूल्याङ्कन भइ हरेक आर्थिक वर्षको नतिजा सार्वजनिक हुने व्यवस्था रहेको छ।

