बाँफिकोट–१ मा नेकपा परित्याग गर्दै २९ जना कांग्रेसमा प्रवेश

बाँफिकोट–१ मा नेकपा परित्याग गर्दै २९ जना कांग्रेसमा प्रवेश

Oplus_16908288

मुसिकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रुकुम पश्चिममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको छ।

आज जिल्लाकाे बाँफिकोट गाउँपालिका वडा नम्बर १, लागिम तलीगाउँमा कांग्रेसद्वारा आयोजित चुनावी कार्यक्रममा २९ जना नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार मानबहादुर नेपालीले टीका–खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको वडा सभापति धनबहादुर मल्लले जानकारी दिनुभयो ।

सो अवसरमा मानबहादुर नेपालीले भन्नुभयो, “जनताको विश्वास र प्रतिनिधित्वको जिम्मेवारी लिन सक्ने विचारले धेरै नेता हाम्रो पार्टीमा प्रवेश गरेका छन्। आगामी निर्वाचनमा जनताको मतको कदर गर्दै सेवा गर्ने प्रतिबद्धता हामी सबैको साझा लक्ष्य हो।”

पार्टी प्रवेश गर्नेहरूमा अमृत दमाई, सुनिता दमाई, रामकली दमाई, पुतली दमाई, सबैजी दमाई, सीता दमाई, बलबहादुर दमाई, भाने दमाई, हजारी दमाई, मनिराम दमाई, लक्ष्मी दमाई, डिलबहादुर दमाई, ईशा परियार, मोतिराम दमाई, पवन दमाई, तिले दमाई, लिले दमाई, गोविन्द दमाई, सुस्मिता दमाई, तलविर दमाई, मधे दमाई, टोपीराम दमाई, चङ्खे दमाई, अमृत दमाई, ममता दमाई, उर्मिला दमाई, सुनिता दमाई र प्रताप दमाई रहेका छन्।

पार्टी प्रवेश गरेकी सुनिता दमाईले भनिन्, “हामी यहाँ नेपाली कांग्रेसको सिद्धान्त र जनताप्रतिको समर्पणका कारण प्रवेश गरेका हौं। हामी जनताको सेवा गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रय सदस्य एवं समानुपातिक तर्फका उम्मेदवार मानबहादुर नेपाली, पाटिका जिल्ला उपसभापति हर्कसिंह खत्री, महाधिवेशन प्रतिनिधि टिकाराम खनाल, नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका सभापति धिरेन्द्र कुमार शाही, युवा नेता हरिचन्द्र खनाल, अधिवक्ता रामचन्द्र गौतम, बाँफिकाेट २ का वडा अध्यक्ष प्रकाश खत्री लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार