यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ

यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ

काठमाडौं । यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त कालीमाटी र मातहतले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई पक्राउ गरेको हो ।

उपत्यकाका विभिन्न ठाउँहरुका बस टिकट काउन्टरमा काम थर्ने व्यक्तिहरुले बस तथा सुमो चढी उपत्यका बाहिर जान लागेका यात्रुलाई अनावश्यक रुपमा तानातान गरेको गुनासोपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुमाथि अभद्रको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार