असार २ काठमाडौ
नेपाली कांग्रेस रुकुम पश्चिमले सरकारलाई कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि प्रभाकारी भुमिका खेल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाउदै कांग्रेसले काेेेेेेेेराेना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई प्रभावकारी भूमिका खेल्न समेत आग्रह गरेको हो ।
नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलि लगायत नेता तथा कार्याकर्ता जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल मार्फत ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्र बुझे संगै प्रमुख जिल्ला अधिकारी पौडेलले आफूले उक्त पत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताएका थिए ।