नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार कोरोनाको कहरका बीचमा पनि जोखिमपूर्ण कार्य गर्ने पत्रकारहरु लक्षित कुनैपनि कार्यक्रम नगरेपछि पार्टीले नै कोराेना बीमा गरिदिने सभापति ओलीले बताए छन ।
पत्रकारहरुको कोरोना बीमाको लागि नेपाली कांग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओली, नेपाली कांग्रेस प्रदेश निर्वाचन क्षेत्र नं. (क) का सभापति सुरतजंग मल्ल लगायतले पत्रकारको बीमाको लागि सहयोग गरेको जनाएको छ ।
पत्रकारहरुको कोराना बीमाको सहजीकरण नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सचिव हरि गौतम र कोषाध्यक्ष प्रविर ददेलले गर्ने छन् । रुकुम पश्चिममा क्रियाशिल पत्रकारहरुले नागरिकताको प्रतिलिपीका साथै एक प्रति फोटो बुझाउन नेपाल पत्रकार महासंघका कोषाध्यक्ष प्रविर ददेलले सबै पत्रकारहरु आग्रह गरेका छन् ।
कांग्रेस रुकुम पश्चिमले क्रियाशिल पत्रकारको बीमा गरिदिने
