असार ५ काठमाडौं
दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित चार जनामा कोरोना संक्रमण फेला परेको छ।
प्रतिष्ठानमा कार्यरत एक चिकित्सक, दुई नर्स र एकजना स्वास्थ्यकर्मी गरी चार जनामा शुक्रबार काेराेना संक्रमण फेला परेको हाे ।
प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाशप्रशाद देवका अनुसार ३९ वर्षीय एक चिकित्सक, ३४ र २५ वर्षीया दुई नर्स र ४२ वर्षीय एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो।
उनले कम्तिमा पनि अबको दुई दिनसम्म प्रतिष्ठान सिल गरिने उनले बताए। ‘हामी दुई दिन प्रतिष्ठानमा विरामी भर्ना लिँदैनौं र पूरै प्रतिष्ठान निर्मलीकरण गर्छौं,’ देवले भने।
अहिले उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्ने काम भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ।