सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटप्रति असन्तुष्टि जनाउँदै कर्णाली प्रदेश सभा बैठक बहिष्कार गरेको छ। कर्णाली प्रदेश सभामा कांग्रेसका ६ सांसद छन्
शनिबार बसेको बैठकमा कांग्रेस सांसदहरू उपस्थित नै भएनन् । मन्त्रालयहरूको छुट्टाछुट्टै योजनासहित किताब नआएपछि बैठकमा भाग नलिइएको विपक्षी दलका नेता जीवनबहादुर शाहीले बताए ।
यस अघि कांग्रेसले सबै मन्त्रालयका अलग-अलग रातो किताब बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले भने सबै मन्त्रालयको योजना समेटेर एउटै किताब प्रदेश सभामा वितरण गरेको थियो ।