काठमाडौ । सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १ सय ३७ जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
डडेलधुराको परशुराम नगरपालिकाका ५, कैलालीका १२ , गोदावरी नगरपालिकाका ९, टीकापुर नगरपालिकाका १ र धनगढीका २० र कन्चनपुरको पुनर्वास नगरपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ५ सय ३९ पुगेको छ।
