काठमाडौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा तेस्रो दिन भएको छलफलमा दुई अध्यक्षबीच सहमतिको साझा विन्दु खोज्ने प्रयास जारी रहेको बताइएको छ ।
बिहान साढे ११ बजेबाट सुरु भएको बैठक झन्डै अढाइ घण्टा चलेको थियो । यद्यपि दुई अध्यक्षबीच कुनै ठोस सहमति भइनसकेको नेताहरुले बताएका छन् ।
यस अघि नेकपामा जारी विवादको सहमति खोज्नका लागि सोमबारको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको थियो।