रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका– १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्। शुक्रबार साँझ जंगलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र १० वर्षीय समिर अन्सारी बिरामी भएका हुन्।
उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए। च्याउ खाएपछि उनीहरुलाई बान्ता भइरहेपछि उपचारका लागि