काठमाडौं । पहिरोमा पुरिएर सोमबार तनहुँमा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । दुईजना अझै बेपत्ता छन् भने दुईजना घाइते भएका छन् ।
पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चारजना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा ५ जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पहिरोले पुरिएर ऋषिङ(८ पल्ट्याङमा पहिराले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा, ३० वर्षीया नानुमाया थापा, २२ वर्षीय महादेव थापा, १९ वर्षीया मनिसरा थापा, ५ वर्कोषीया अनिषा थापाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।
उनका अनुसार पहिरोले पुरिदा व्यास नगरपालिका(९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतीमाया घर्तीको पनि मृत्यु भएको छ ।
पहिराले पुरिएर गम्भीर घाइते म्याग्दे गाउँपालिका(६ बेलौतीडाँडाका १७ वर्षीया लक्ष्मी विकको पनि दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिराले पुरिएर व्यास-९ माझफाँटका २० वर्षीय राजेश थापा र व्यास–११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल बेपत्ता छन् । उनीहरुको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन् ।