काठमाडौँ । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीहरु सरकारी खर्चमा स्वदेश फर्कने बाटो खुलेको छ । रोजगारदाताले खर्च नबेहोर्ने र टिकट काट्न हैसियत नभएका कामदारले मात्र यस्तो सुविधा पाउनेछन् ।
असार २९ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ स्वीकृत गरेसँगै त्यस्ता व्यक्तिहरु सरकारी खर्चमा फर्कन पाउने भएका हुन् ।


 
					
							
 
                             
                             
                             
                             
                            