काठमाडौं । शुक्रबार नेपालमा कोरोना भाइरसका १०१ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
अब कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ गेको छ।
कोरोना निको भएर शुक्रबार दुई सय ८५ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ।
अहिलेसम्म कोरोनाबाट नेपालमा ४० जनाको मृत्यु भएको छ।


 
					
							
 
                             
                             
                             
                             
                            