काठमाडौँ । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजमा मजदुरी गर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का १७ वर्षीय रवीन्द्र बमको करेन्ट लागेर मत्यु भएको हो।
कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले शुक्रबार साँझ निर्माण स्थलमै मेसिन सार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको मृत्यु भएको जानकारी दिए।