काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।
यसअघि स्थायी कमिटी बैठक ६ पटकसम्म स्थगित भइसकेको छ ।
