अन्तिम पल्ट मुखमा हेरि सोध्न बिर्सिए
एकछिन बिचार गर्दा खेरि सोध्न बिर्सिए
तिमी जस्ता लाखौँ पाउछु भन्थि जाने बेला
मै जस्तो चाहिँ किन फेरि सोध्न बिर्सिए
Gobindra neupane
कि त दुवै अँध्यारो कि त दुवै बिहान हुनुपर्छ
जीवनको रुपान्तरण पनि मूल्यवान हुनुपर्छ
शिरको सिन्दुर भुइँको धुलो एउटै हुन सक्दैन
अनुपात निकाल्न वस्तुको एकाइ समान हुनुपर्छ
धुवराज पन्थी मिराज
बनाई दियो आधीआधी के गर्छौ त सानी
दैव नै छ बिश्वास घाती के गर्छौ त सानी
एउटै मुटु दुईटा बनाई बाँच्नु पर्छ भने
हामी दुवै छौँ अभागी के गर्छौ त सानी
Prashuram karki
एउटा यस्तो प्रलय आएको पत्तै भएन
छाती थिची गला समाएको पत्तै भएन
हामी रोगबाट बच्ने उपाय खोजी रह्यो,
छुवाछूतले मान्छे खाएको पत्तै भएन।
भिम विश्वकर्मा
दुस्खका दिन आउन थाले के गुमाउने होला
केही छैन गुमाउने खाले के गुमाउने होला
केही पाउन केही गुमाउनुपर्छ भन्छन मान्छेहरु
यहाँ सबथोक गुमाएकाले के गुमाउने होला
अन मोल
समय छुट्याएर अली बेसी प्रचार गर्नु छ
पुगेरै बरु महाकाली मेची प्रचार गर्नु छ
अरु कोही बर्बाद नहोस् म झैं तिमी बाट,
तिम्रो तस्वीर मुनि सावधान लेखी प्रचार गर्नु छ
गोविन्द लाफाली
जति विद्यार्थी छन् त्यति गनि,प्रश्नपत्र आयो
बहुत जटिल विषय बनी, प्रश्नपत्र आयो
अब म कसरी उत्तर लेखौ,उस्ता उस्तै लाग्छ,
नेता र गधामा फरक छुट्याउ भनी प्रश्नपत्र आयो।
Nabraj bista
मुटु दुख्दा बरबर आँसु झर्छ पत्तो हुदैन१
नियतीले कति बेला के गर्छ पत्तो हुदैन१
पैशा संग रगत साट्ने परदेशी हौं हामि(
कति बेला बाकसमा फर्किनु पर्छ पत्तो हुदैन१
सुशील अर्याल, स्याङ्गजा
बाटो नबिराइ कन सरा-सर आइदिन्छ।
सन्तान काखमा समाउने रहर आइदिन्छ।
परदेशी भइ बाच्न त्यति सजिलो छदै छैन।
हरबखत आँखा अगाडि घर आइदिन्छ।
Paras Saud
इमानदारी को आँखा छल्ने राजनीति रहेछ।
भ्रष्टाचार अनि बेइमानी चल्ने राजनीति रहेछ
भन्नोस् तपाईं मेहनत गरेर कति कमाउनु हुन्छ
रातारात पुरै जिन्दगी बदल्ने राजनीति रहेछ।
बिरेन्द्र सायर
म गरिब थिए भयो समस्याको हल पनि
थोरै भए पनि घट्यो गरिबिको क्षेत्रफल पनि
दुश्मन ले मेरो खुट्टा काटेर पनि ठिकै गर्यो
कमसेकम मैले किन्न परेन अब चप्पल पनि
वचन जोसि
बिर्सिएनन् जहिल्यै सम्झिए अभावहरुले
सायद नबिर्सिने निर्णय लिए अभावहरुले
म टाढा टाढा पुग्न नसक्नुको एउटा कारण
खुट्टा कमसल बनाई दिए अभावहरुले
सुमन स्याड़्बो
यो मन अचेल पीरका कण कणले डुब्ने गर्छ
जस्तो कि पृथ्वी सुर्य र चन्द्र ग्रहणले डुब्ने गर्छ
धेरै घमण्ड गर्दा आफैंलाई घाटा हुन्छ महोदय,
ढुङ्गापनि आफ्नै वजनको कारणले डुब्ने गर्छ।
गंगाराम फुयेल मालदाई
दिनरात दस धारा अमृत पिएको बिर्सिएछौ
उनकै काखमा बचपन हुर्किएको बिर्सिएछौ
कोखको बच्चा छोरी भनेर गर्भपतन गरायौ
कसैको छोरी बाटै खुद जन्मिएको बिर्सिएछौ
Gsm_khanal
तिमि भन्छौ अब पैसाले के पाईदैन
पाईन्छ लेखेको बरु देखे पाईदैन
ढुड़्गालाई यसकारण पुच्छ मान्छे हरु
बिस्वास गर्न लायक यहाँ मान्छे पाईदैन
सौगात रिजाल
लोभले लाभ लाभले विलाप लाग्ने बनाउनु छ
आगो यता बल्दा उता राप लाग्ने बनाउनु छ
हिजो मेरो हालत हेरि छोडेर जानेहरुलाई
मेरो जिन्दगी देखेर पश्चताप लाग्ने बनाउनु छ
दिनेश पृकुटी, खोटाङ
सबैतिर चलिरहेछ चहलपहल उस्ता उस्तै लाग्छ
छुट्याउन सकिएन खराब असल उस्ता उस्तै लाग्छ
तिमिलाई पाउनु र गुमाउनुमा केहि फरक देख्दिन
तिमि र शुन्य अंक को योगफल उस्ता उस्तै लाग्छ
दिलिप बाबु खड्का
यादमा डुबेर तस्वीर मा छुनु भाग्यमा रहेछ
केहि पल हास्नु धेरै पल रुनु भाग्यमा रहेछ
प्रेम गर्दा सातै जुनी सगैँ बाच्ने भनी गरेपनि
जिन्दगी मा केहि क्षण सगैँ हुनु भाग्यमा रहेछ
सोनु खड्का
घर न घाटको बन्यो जीवन तिमीले छोडेपछि
तोडेर हाम्रो प्रेमको बन्धन तिमीले छोडेपछि
धे।।।रै घमण्ड गर्थ्यो तिमीलाई आफ्नो ठानेर
बल्ल शान्त भाूछ यो मन तिमीले छोडेपछि
Kaley solta
बनाएर मन धेरै कठोर पत्थर छोडेर जान्छन्।
मर्नु न बाँच्नु पारेर सकभर छोडेर जान्छन्।
जब बाआमालाई कसैको साहारा चाहिन्छ नि।
त्यहि बेला छोरा बुहारीले घर छोडेर जान्छन
प्रबिन नयन
सानो ठूलो केही भनेन औकात हेरेन
सबलाई एउटै चिहान पार्यो दिनरात हेरेन
भेदभाव भन्ने यी मान्छेका मनमा मात्रै रैुछ
प्रकृतीले रुप हेरेन,जातभात हेरेन
देव सज्जन सुनार
आकासलाइ छानो र धर्तिलाइ घर देख्छन्
मिठा मिठा सपनाहरु जिन्दगीभर देख्छन
निराशावादिले हो अवसरलाइ कठिन देख्ने
आशावादीहरुले कठिनाइमा अवसर देख्छन
जिज्ञासु पौडेल तिलक
नजरमा मात्रै न हो हराभरा,उड्न कसरी सकोस्
देख्ने दुनिया भन्छन् कठैबरा,उड्न कसरी सकोस्
कसैले छाडेपछी मेरो जिन्दगी नि त्यस्तै भएको छ
जस्तोकी पखेटा काटेर चरा,उड्न कसरी सकोस्
Sunil adhikary
दुखिरहन्छ हुदैँ भएन कम काम गर्नै छोड्यो
स्या स्या हुन्छ र बढ्छ दम काम गर्नै छोड्यो
बिर्सिर जानेले यादको भारी थुपारि गए देखि
त्यो अस्पताल को मल्हम काम गर्नै छोड्यो
टेकेन्द्र प्रिय भाबुक
भर लाग्न छाड्यो पिरतिको म हुन मन छ भनेँ
सहारा लिन्छु साथीसङ्गिको म हुन मन छ भनेँ
अन्तिम ईच्छा के छ रु भनि सोध्यौ छुट्ने बेला
तिमीलाई प्रेम गर्नु अघिको म हुन मन छ भनेँ
कुशल रिजाल