काठमाडौं । रुकुम पश्चिममा पेस्तोल पड्कँदा एक जना सशस्त्र प्रहरीका हवल्दार घाइते भएका छन् ।
मुसीकोट नगरपालिका–१ मठमा रहेको सशस्त्र प्रहरीको ४७ नम्बर गुल्ममा कार्यरत बरिस्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन ।
आइतबार दिउँसो गुल्ममा नियमित हातहतियार सफाइका क्रममा पेस्तोल पड्किएपछि खड्काको बायाँ खुट्टा साप्रामा गोली लागेको छ ।
घाइते खड्कालाई जिल्ला अस्पताल सल्लेमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।