काठमाडौँ । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्नेहरुको नाकामा नै स्वाब संकलन गर्न थालिएको छ । लकडाउनका तथा अन्य कारणले घर गएका काठमाडौँ प्रवेश गर्नेहरुको स्वाब संकलन सुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै थानकोट नागढुंगा नाकामा २ हजार ९१४ नामको स्वाब संकलन गरिएको छ । यस्तै सांगामा ९४४ र फर्किङ नाकामा ९५३ जनाको स्वाब संकलन गरिएको छ तर उनीहरुको रिपोट भने आएको छैन ।