काठमाडौं । लकडाउनका कारण रोकिएको प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सीटीईभीटी) ले स्थगित पूर्व निर्धारित परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको छ ।
सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न तयारीमा लागिएको सीटीईभीटी द्वारा मंगलबार जारी सूचनामा उल्लेख गरिएकाे छ ।
सीटीईभीटीले परीक्षाको विस्तृत तालिका भने केही दिनमा प्रकाशित हुने जनाइएको छ । सरकारले कोरोना भाइरसका कारण गत चैत ६ गतेदेखि सम्पूर्ण परीक्षा स्थगित गरेको थियो ।
