काठमाडौँ । साउन ८ गते काठमाडौको बाफलमा एसिड आक्रमणबाट घाइते भएकी पवित्रा कार्कीको उच्च शिक्षामा लाग्ने अध्ययन खर्च नेपाल विद्यार्थी संघले व्यहोर्ने भएको छ। बिहीबार कार्कीलाई भेटेर नेविसंघका अध्यक्ष राजीव ढुंगाना सहितको केन्द्रीय पदाधिकारी टोलीले कार्कीको शिक्षामा सघाउने बताएका हुन्।
ओखलढुङ्गास्थित चम्पादेवी गाउँपालिका ६ घर भएकी हाल काठमाडौँमा बस्दै आएकी ओखलढुङ्गाबाट १२ कक्षा उत्तिर्ण गरेकी छन्। परिवारसँग छलफलपछि थप उच्च शिक्षाका लागि खर्चको व्यवस्थापन नेविसंघले गर्ने संघका अध्यक्ष राजीव ढुङ्गानाले जानकारी गराए।
यस्तै नेविसंघले अपराधीलाई कारबाही र कार्कीको निःशुल्क उपचारको माग गरेको छ। घाइते कार्कीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।


 
					
							 
			 
                             
                             
                             
                             
                            