विश्ववन्धुत्वलाई हेप्छ
मरुभूमिको त्यो सिंह र
युगलाई रुवाउछ
आमा !
सेतै फुलेको हिमालमा मुस्कुराउदा
टेक्छिन् पाइला धान झुलेका फाँटहरुमा
स्वाभिमानीको शिर सधै ठाडो हुन्छ
चाैडा छाती बनाएर उठ्छन्
धर्तीका लेक र थुम्काहरु
इतिहासदेखिका घातीहरु
डरले थुरथुर काम्दै
देशको माटोमाथि
जसअपजसका भजन गाउछन्
उसैले भनेको
लाै ,भोलि झुपडिको मैरोमै
विहानै झुल्केघाम पुग्छ र
अगेनोको छेउमा देशसंगै बसेकी आमा
उज्याली हुन्छिन्
झुल्केघाम उतै पुगेछ र आफै उज्यालिएछ
देश त
उही मैरोमा आमासंगै सुतिरहेछ
भाषणेहरु देशलाई बाजि थापेर
आफैसंग सिंगाैरी खेल्छन्
हावामा जङ्गे खम्बा ठड्याउछन्
अनि खेल्छन् जुहारी
देशका साँध र सीमाहरुमा
शान्ति खल्बल्याउन
दक्षिणतिरको आोढारमा
एउटा सिंहको बास छ