सुखका किरण उनको काखको आँगनीमा सायदै परेको होला
घास–दाउरा र मेला–पातले नैउनको भाग्यको रेखा कोरेको थियो
अनुहारमा चाउरिका रेखाहरुले चित्र कोरिसकेका छन्
केशहरु पनि घरि घरि कालो रंगबाट पोतिन लालायित छन्
मन अनि उमेर दुवैले अब त “तँ बुढी भैसकिस्” भनेर त्यो “बुढी“ शब्दलाई घोकाइरहन्छ
उनका पनि दुःखका ठुला–ठुला महाकाब्य नै छन् होला
दुखका भारीलाई काँधैबाट ओराली थपक्क बिसाई सुखका सुस्केरा लिन मन छ होला
तर पनि अक्षरका “क“ नचिन्ने उनले जिवनलाई राम्ररी पढेकी छिन्
सहनशिलता के हो, दःखमा कसरी हाँस्ने भनि आफ्ना सन्तानलाई सिकाएकी छिन्
सन्ततिको खातिर आफ्नो भुतकाल लाई जलाइन्, बर्तमान जलाउदै छिन्
उनी कहिल्यै थाक्दिनन्
उनी कहिल्यै आँतिदिनन्
उनी कहिल्यै हार मान्दिनन्
अटल योद्धा भइ लडिरहन छिन