काठमाडौँ । जिल्लाको गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा एक ब्युटीपार्लर व्यवसायी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार रिपोर्ट आउँदा २४ वर्षकी उनमा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।
‘साउन १५ गते साथीहरुसँग काठमाडौं जाने क्रममा नागढुङ्गामा पीसीआर परीक्षण भएको रहेछ,’ उनले भने, ‘हिजो रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखियो ।’ अर्यालका अनुसार साउन १५ गते संक्रमित महिला सहित अन्य तीन जना ट्याक्सी रिजर्भ गरेर काठमाडौं गई सोही दिन गोरखा फर्किएका थिए ।
संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ भने उनलाई उपचारका लागि गोरखा अस्पतालको आइसोलेसनमा राखिएको छ ।


 
					
							 
                             
                             
                             
                             
                            