काठमाडाैं । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्यधिक भीडका कारण तत्कालका लागि सेवा स्थगित गरिएकाे जनाइएकाे छ।
उनका अनुसार काठमाडौं उपत्यकामा सङ्क्रमण बढिरहेकाले एकान्तकुनासँगै जगाती, सुकेधारा र ठूलोभर्याङ गरी चारै कार्यालयले अहिलेको अवस्थामा सेवा बन्द गरेका छन्। उनले भने, ‘उपत्यकामा कोभिड कम नभएसम्म तत्काल सञ्चालन गर्ने अवस्था छैन।’ कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको थियो। त्यसमध्ये कार्यालयले बन्दाबन्दीपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन।
नवीकरणका लागि पनि आउने सेवाग्राहीको भीड नहोस् भनी टोकन प्रणाली लागू गरिएको छ। कुपन लिएका दैनिक २५० सेवाग्राहीको नवीकरण भइरहेको छ। उनले भने, ‘सामान्य अवस्थामा ५०० को नवीकरण भएकामा अहिले त्यसको आधा गरिएको हो।’रासस