काठमाडौँ । बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा प्रविन नेपालले जानकारी दिए।
ती वृद्धामा ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिए । तर स्वास्थ्य समस्या बिग्रिएपछि उनलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको साउन १९ गते पुष्टि भएको थियो ।
यस्तै बुधबार मात्रै वीरगञ्ज र विराटनगरमा दुई/दुई जना संक्रमितको मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६३ पुगेको छ।