काठमाडौँ । ५ नम्बर प्रदेशका सांसद कृष्णा केसी ‘नमूना’ लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सांसद केसीले आफू पनि कोभिड–१९ बाट अछुतो हुन नसकेको प्रतिक्रिया दिइन्।
कोरोनाको जोखिमका बीचमा जनताको काममा खटिएकी सांसद केसीलाई शनिबार कोरोना पुष्टि भएको हो। सांसद केसीले भनेकी छन्, ‘एक हप्ता यता आफूसँग सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध छ ।’
