काठमाडौं । अध्यागमन विभागका कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सोमबार देखि सेवा स्थगित गरिएको छ। विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार अर्का सूचना नभएसम्मको लागि विभागले दिँदै आएको इमर्जेन्सीबाहेककाे सेवा स्थगित गरिएको छ ।
विभागका कर्मचारी, प्रहरी र क्यान्टिन सञ्चालक समेत गरेर ८८ जनाको पिसीआर परीक्षण गरिएको थियो। त्यसमध्ये ८७ जनाको रिपोर्ट नेगेटिभ र एक जनाको पोजेटिभ आएको महानिर्देशक केसीले जानकारी दिएका छन ।
विभागले सूचना जारी गर्दै अन्त्यन्त जरुरी काम परेको अवस्थामा सम्पर्कको लागि विभागका अध्यागमन तीन अधिकृतहरु कुलशेखर अर्याल, पवनकुमार गुप्ता र मधुुसुदन भट्टराईलाई तोकिएको छ। विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भए पनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।
यस्तै संक्रमित कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार भैइरहेको छ । संक्रमितकाे सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप परीक्षण गरिने विभागले जानकारी दिएको छ ।
