काठमाडौँ । नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा भएका छन्। सोमबारको मन्त्रिपरिषद बैठकले पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो। सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका पाण्डे हाल उत्तर पश्चिम पृतना सुर्खेतमा कार्यबाहक पृतनापतिको रूपमा कार्यरत छन् ।
सेनाका सहायकरथी पाण्डे उपरथीमा बढुवा
