स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताए।
मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन्। उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पुर्याएका थिए। रासस