काठमाडौँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्मिाञ्चल क्षेत्रिय अस्पतालकाे इमरजेन्सी विभागमा पोखरा महानगरपालिका- १६ का ८७ वर्षीय पुरुषको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
उनी साउन २२ गते ज्वरो तथा श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भएका थिए। उनी हाइपरटेन्सन, सुगर र दीर्घ मिर्गौला रोगी थिए। उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ। योसँगै नेपालभरमा ११३ कोरोना संक्रमितको मृत्यु भएको छ।