काठमाडौँ । पछिल्लो २४ घण्टामा बाँके र बर्दियाका थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका १० जना, खजुरा गाउँपालिका-३ का १ जना पुरुष र बर्दियाको गुलरिया नगरपालिकाका २ जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।
बाँके र बर्दियामा थप १३ जनालाई कोरोना पुष्टि
