काठमाडौँ । देशका विभिन्न ठाउँमा आज थप ७०७ जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ। विगत २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ रहेका छन ।
यस्तै  विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। आज मात्रै काठमाडौं उपत्यकामा २०० जना संक्रमित भेटिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमण बाट मृत्युहुनेको संख्या १२६ पुगको छ ।


 
					
							 
			 
                             
                             
                             
                             
                            