काठमाडौँ । भारतमा एक केन्द्रीय मन्त्रीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जलशक्ति मन्त्रालयका मन्त्री गजेन्द्र सिंह शेखावतमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको समाचार भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सले लेखेको छ। उनले आफू संक्रमित भएको खबर ट्वीटर मार्फत जानकारी गराएका हुन्।
केही दिनअघि उनमा लक्षण देखिएपछि कोरोनाको परीक्षण गराएका थिए। उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेशनमा बसी कोरोनाको जाँच गराउन समेत अनुरोध गरेका छन्। यसअघि भारतका गृहमन्त्री अमित शाहमा गत अगष्ट २ गते संक्रमण पुष्टि भएको थियो।
अस्वस्थता के कुछ लक्षण दिखने पर मैंने कोरोना टेस्ट करवाया और मेरी रिपोर्ट पॉजिटिव आई है। डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि गत दिनों में मेरे संपर्क में जो लोग आये हैं वह स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं। आप सभी स्वस्थ रहें और अपना ध्यान रखें।
— Gajendra Singh Shekhawat (@gssjodhpur) August 20, 2020