गोली हानेर ड्युटीमा खटिएका सैनिक जवानले गरे आत्महत्या

उजेली न्यूज
प्रकाशित मिति :

गोली हानेर ड्युटीमा खटिएका सैनिक जवानले गरे आत्महत्या

काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डामा गोली हानेर एक सैनिक जवानले आत्महत्या गरेका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार आइतबार बिहान ३ बजे सैनिक मुख्यालय अगाडि रहेको सेनाको पेट्रोल पम्ममा ड्युटीमा खटिएका जवानले आफूले बोकेको बन्दुकले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन ।

नेपाल प्रहरी र सैनिक प्रहरीले अहिले घटनको अनुसन्धान गरिरहेको उनले बताए। तनहुँ घर भएका ती जवानको शव आफन्तलाई बुझाउने तयारी भइरहेको सेनाले जनाएको छ।

सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी शव पोष्टमार्टम गर्न त्रि.वि. शिक्षण अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान शुरु गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार