दाङ । एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय दाङ बन्द गरिएको छ । शान्ति सुरक्षा मुद्दालगायत अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरु बुधबारदेखि अर्को सूचना जारी नभएसम्म बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा कार्यरत एक अधिकृतलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । शुक्रबार घर बिदामा गएका ती कर्मचारीलाई ज्वरो आएपछि चितवनमा गरीएको पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको हो ।
