कास्की तिर बाट किन यता झार्नु भो थाहै थिएन ! खास हामी किन यता आको रे बुवा ?
म पहिलो पल्ट त्यही कास्की बाट त हेलीमा उडेको त्यस पछी उडेको उडेकै भए ,
म सुरुङ्ग युद्द लड्न निस्केको अचेल मन भरीका पीर बोकेर प्रकाशको आमाको खुब माया लाग्छ, मलाई स्कुल पढाउन बहुत रहर थियो रहरले मात्रै पनि त नहुदो रैछ अधिकारी सर रुखमा बाधीएको देखेर बहुत म खुसी भएको हु। भन्नुन बुवा, एम्बुस दुश्मनका लागि मात्रै थापिन्छ कि मनलाई पनि? म झापा थिए कुन एम्बुसमा मेरो प्रकाश हरायो जवाफ कसैले दिएनन। मनको पिरको ओखती नहुदो रैछ क्या बुवा यत्ती जानेको भए त्यो बेला आज तपाईं म अनि प्रकाश सायद सङ्गै हुन्थिउ कि, चितवनको त्यो चुनाव? एतिहासिकै थियो नि च्यातियो मतपत्र मनपत्र त घर भेटी सङ्ग च्यातिएको छ । च्यात्तियक कागज बोकेर छोरी मेयर भएकी हुन यो पल्ट भैंसी पुजा गर्नु परेन वैध्य बाबुराम विप्लबले माया मारेर हो मलाई प्रचण्ड हुनै मन नलाग्ने, एक्लै रुन्छु सौभाग्य सकिएका भनिएका महिला सन्झेर मेरै घरमा दुई बुहारी छ्न दुई नाति छ्न म चाहिँ महिला मुक्तीका लागि लडेको हु। गरिब ले खाए कि नाई हाम्ले जिम्मा लेको छौ र? भोकमरी त सधै लाग्छ नी रोल्पा रुकुम तिर जाजरकोट ? ओहो झाडापखालाको दोकान मुक्ती टावरले सब्बै को सुरक्षा गर्छ। अब यो पार्टीको कहानी नगरौ न है कम्रेड अचेल घाईते अपाङ्ग जिस्काउन आउछ्न गतिला सहिद भको भए हरेक दिन पुज्य अध्यक्षको कति धक्की सहनु, छबिलाल भै रहन पाईन्छ कि नाई कम्रेड ? बिन्ती प्रचन्ड हुनु नपरोस