काठमाडौँ । बागमती प्रदेशको प्रदेशसभा सचिवालयले यस भएको लोगो परिवर्तन गरि नयाँ बनाउन लागको छ । प्रदेशसभाले साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू-भाग समावेश गर्न लागिएको हो।
अब बनाइने लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेश सभा लेखेको हुनुपर्नेछ। प्रदेशको प्रदेशसभा सचिवालयले १५ दिनभित्र लोगो डिजाइन गरी प्रदेश सभा सचिवालयको जिन्सी शाखामा बुझाउन सचिवालयले बुधबार सूचना निकालेको हो।
उत्कृष्ट लोगो डिजाइन गर्नेलाई ३० हजार पुरस्कार दिइने सचिवालयले जानकारी दिएको छ।
