सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना पुष्टि

सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना पुष्टि

बाँके । नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन पुष्टि भएको छ। निमिनिया र सुगरको समस्या देखिएपछि बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश सांसद चौधरीलाई त्यहीँ गरिएको पिसिआर परीक्षणका क्रममा सोमबार राति संक्रमण पुष्टि भएको हो।

आइसियूमा भर्ना भएका चौधरीको स्वास्थ्यमा मंगलबार क्रमिक सुधार आएको अस्पताल प्रशासनले जानकारी दिएको छ। स्वास्थ्यमा एकाएक समस्या उत्पन्न भएपछि उनी दुई दिनअघि भेरी अस्पतालमा भर्ना भएका थिए।

सांसद चौधरीका चालक र सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा सांसद चौधरीको रिपोर्ट नेगेटिभ आएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार