सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। शुक्रबार बेलुका सुर्खेतकाे सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको हो।
धामीलाई १२ हजार रूपैयाँ नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए। उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचनाको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ, उनले भने, पक्राउ परेका धामीलाई सोधपुछ गर्दा भने म वनरक्षक हुँ भनी बताएको बयान दिएका छन्।


 
					
							 
			 
                             
                             
                             
                             
                            