बिमा समिति नेतृत्वविहीन, दैनिक काम कारबाहीमा समस्या

बिमा समिति नेतृत्वविहीन, दैनिक काम कारबाहीमा समस्या

काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समिति नेतृत्वविहीन बनेको छ । समितिका अध्यक्ष रहेका चिरञ्जीवि चापागाईं चार वर्षे कार्यकाल पूरा गरेर पुस अन्तिम साता नै बिमा समितिबाट बाहिरिएका छन् ।

सामान्यतया नेतृत्व रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नु पर्ने भए पनि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न सकेको छैन । अझ अध्यक्षले गर्ने कामकारबाहीको जिम्मेवारी समेत नदिदा दैनिक कार्यहरुसमेत प्रभावित भएका छन् । समितिको अध्यक्ष नै कार्यकारी भूमिकामा हुने भएकाले अध्यक्ष नहुँदा धेरै काम रोकिएका छन् ।

आफूले गर्नु पर्ने सबै कामहरु गरिरहे पनि अध्यक्षले गर्नु पर्ने कामहरु रोकिदा थोरै समस्या भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताएका छन । समितिका सञ्चालक समेत रहेका अर्थमन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य अहिले समितिको कामकारबाही अघि बढिरहेको बताउँछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार