जन्मदिनको अवसरमा रक्तदान

जन्मदिनको अवसरमा रक्तदान

मुसिकोट । आफ्नो जन्मदिनको अवसरमा यहाँका एक युवाले बिरामीको लागि रक्तदान गरेका छन् । मुसिकोट नगरपालिका वडा नम्वर १ का २० बर्षिय दिपक सोनीले शनिबार परेको जन्मदिनको अवसरमा जिल्ला अस्पतालमा उपचाररत मुसिकोट नगरपालिका वडा नम्वर ४ का ७ बर्षिय बचन बिष्टलाई रक्तदान गर्नुभएको हो ।

बचन अज्ञात रोगको कारण विगत एक बर्षदेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँलाई दिपकले जन्मदिनको अवसरमा पहिलो पटक रक्तदान गर्नुभएको हो । जन्मदिनको अवसरमा अनावश्यक तडकभडक र फजुल खर्च गर्नुका सट्टा मानवीय कार्य गरेर मनाएको दिपकले जनाउनु भएको छ ।

रक्तदान : जीवनदान भन्ने मान्यताका साथ दिपकले जन्मदिनको शुभ अवसरमा रक्तदान गर्नुभएको हो । बचनको उपचारको लागि परिवारले नेपालगञ्ज, काठमाडौका बिभिन्न अस्पतालमा लैजाँदा पनि रोग पत्ता लागेको छैन । शरिरमा रगतको मात्रा न्युन भएपछि उहाँको स्वास्थ्यमा थप समस्या आएकोले उहाँलाई दिपकले रक्तदान गर्नुभएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार