कांग्रेसको सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा

कांग्रेसको सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आसन्न मंसिरमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौँको बानेश्वरस्थित थापागाउँमा शुक्रबार सम्पर्क कार्यालय खोलेर उपसभापति निधिले आफू सभापतिको उम्मेदवारीको तयारीमा लागेको बताएका हुन् ।

उनले शुरूदेखि नै उम्मेदवारी दिने बताउँदै आए पनि यसरी सम्पर्क कार्यालय नै खोलेर अगाडि बढेका भने थिएनन् ।

सभापतिको सबै भन्दा प्रवल दावेदारको रुपमा रहेका उपसभापति निधिले आजबाट सम्पर्क कार्यालय खोलेर भेटघाट र छलफलको थलो बनाएका हुन् । सम्पर्क कार्यालयको उद्घाटन पश्चात बोल्दै उनले अब हुने आम निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउने गरि ध्यान केन्द्रित गर्ने बताए ।

कांग्रेस र मतदाताबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उनको उद्घोष थियो । आफूले कसैलाई पराजित गर्नका लागि उम्मेदवारी दिन लागेको नभइ पार्टी र जनताको हितका लागि नै आफ्नो उम्मेदवारी खडा भएको प्रष्टयाए ।

पशुपतिनाथ,जानकी, दक्षिणकाली, बगलामुखी, डोल्श्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो ।

उहाँहरूले आगामी महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुहोस् भनेर निधिलाई शुभकामना दिएका थिए । १३ औं महाधिवेशनमा देउवालाई सहयोग गरेका निधिले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन भेटेरै आग्रह गरिसकेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार