प्रेस चौतारी रुकुम पश्चिमको अध्यक्षमा हिरा परियार

प्रेस चौतारी रुकुम पश्चिमको अध्यक्षमा हिरा परियार

मुसीकोट । प्रेस चौतारी नेपाल रुकुम पश्चिमको अध्यक्षमा हिरा परियार सर्वसम्मत चयन हुनुभएको छ । प्रेस चौतारी नेपाल रुकुम पश्चिमको मंगलबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले परियारको अध्यक्षतमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष परियार नेपाल पत्रकार महासंघ रुकुम शाखाको सचिब एवं ग्यालेक्सी फोके टेलिभिजनमा रुकुम पश्चिम संवाददाताको रुपमा  कार्यरत हुनुहुन्छ ।

उपाध्यक्षमा ध्रुवराज  केसी, महिला उपाध्यक्षमा राधा देवकोटा, सचिवमा टेक बहादुर रोका, सह सचिवमा विरेन्द्र आचार्य र राधिका शर्मा तथा कोषाध्यक्षमा बिशाल घर्ती मगर निर्विरोध चयन भएको नवनिर्वाचित अध्यक्ष परियारले जानकारी दिनुभयो ।

यस्तै सदस्यहरूमा प्रेम प्रकाश गौतम, ललित परियार, टेकराज पुन र पुष्पा ओली निर्वाचित भएका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा भिम बहादुर ओली र मनिषा केसीलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा ओम प्रकाश आचार्य, राधिका शर्मा र गंगाराम रोकायलाई चयन गरिएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नारायण कुमार शाहको प्रमुख आथित्यतामा भएको अधिवेशनमा नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओली, प्रेस चौतारीका फाँट इन्चार्ज तुलसा मल्ल, एमाले रुकुम पश्चिमका जिल्ला सदस्य मोतिराम बिक, पत्रकार महासंघ रुकुमका संस्थापक सचिव हरिविष्णु ओली, नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमका अध्यक्ष खिमप्रकाश शाह, प्रेस चौतारी रुकुमका पूर्व अध्यक्ष सुरेन्द्र खत्री लगायतको आथित्यता रहेको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार