मुसीकोट ९ का एक्क र राजु काँग्रेसमा प्रबेश

मुसीकोट ९ का एक्क र राजु काँग्रेसमा प्रबेश

मुसीकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ९ मा २ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसको पार्टि कार्यालय खलंगामा पुगेर उनीहरुले पार्टि प्रबेश गरेका हुन ।

नेपाली काँग्रेस मुसीकोट नगर सचिव सुर्य प्रकाश शर्माका अनुसार पार्टी प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीयल) मुसीकोट नगरपालिका वडा नम्बर ९ का वडा कमिटि उपाध्यक्ष एक्क परियार र सदस्य राजु परियार रहेका छन् ।

उनिहरुलाई सोमबार नेपाली क्षेत्रीय सभापति महेन्द्र केसी, जिल्ला सदस्य नरजङ्ग ओली, मुसिकोट नगर सभापति प्रेम बहादुर ओली, प्रजातान्त्रिक सेनानी संघका जिल्ला अध्यक्ष टेक बहादुर नेपालीले पार्टी प्रवेश गराउनुभएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार